नेप्से परिसूचक १२ अंक घट्यो « Khabarhub

नेप्से परिसूचक १२ अंक घट्यो


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६ अंकले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ । आज बजार घट्दा कारोबार रकम बढेर तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ । 

बुधबार ३० दशमलव शून्य आठ अंकले उकालो लाग्दा रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्य बारबारको शेयर खरिद बिक्री भएको थियो । आज ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने नौ कम्पनी स्थिर छन् । आज ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच हुँदा  तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको हो ।

आज सबै समूहका परिसूचकको गिरावट दर एक प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ शून्य दशमलव ५७, विकास बैंक शून्य दशमलव ३१, फाइनान्स शून्य दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ८६, हाइड्रोपावर शून्य दशमलव ६८, लगानी शून्य दशमलव ३३, जीवन बिमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, माइक्रोफाइनान्स शून्य दशमलव ४५, निर्जीवन बिमा शून्य दशमलव ४२ र अन्य शून्य दशमलव ३१ प्रतिशत घटेको छ भने व्यापार समूह स्थिर रहेको छ ।

आज बुंगल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव २६ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अपर लोहोरेखोलाको शेयर मूल्य १४ दशमलव ९५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : २९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड