देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का, अर्को सूचना नभएसम्म लागू « Khabarhub

देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का, अर्को सूचना नभएसम्म लागू


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ । 

विभागले ट्राफिक लगायत सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्म दर्ता रोक्ने निर्णय गरेको हो ।

विभागका निर्देशक मणिराम भुसालद्वारा जारी परिपत्र सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई पठाइएको छ । निर्णय इन्धनबाट चल्ने तथा विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीमा लागू हुने विभागले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३) अनुसार सार्वजनिक हितका लागि नयाँ दर्ता रोक्न सकिने कानुनी व्यवस्था प्रयोग गर्दै विभागले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ९ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित