प्रदेश प्रमुख खापुङलाई आयोगको प्रतिवेदन « Khabarhub

प्रदेश प्रमुख खापुङलाई आयोगको प्रतिवेदन


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन आज ग्रहण गरेका छन् । आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलीले एक समारोहकाबीच सो प्रतिवेदन प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् । 

प्रदेश प्रमुख खापुङले प्रतिवेदन व्यवस्थित एवं वैज्ञानिक रहेको बताएका छन् । उनले आफ्ना काम, कर्तव्य तथा सामना गर्नुपरेको कठिनाइका बाबजुद पनि आयोगलाई जीवित एवं सशक्त बनाउने प्रयास सराहनीय रहेको बताए। 

प्रदेश प्रमुख खापुङले आयोगको समस्या आयोगको मात्र नभएर देशको भएकाले देखिएका समस्या समाधान हुन सकेमा मात्र देश समृद्ध हुनेमा जोड दिए । उनले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई कायम राख्न सरकारले आयोगले देखाएका समस्यालाई समाधान गर्नुपर्ने धारणा राखे। 

सो अवसरमा आयोगका अध्यक्ष अलीले संविधानमा व्यवस्था भएबमोजिम कानुनको परिधिभित्र रहेर आयोगले काम गरिरहेको जानकारी दिए । उनले समुदायस्तरबाट आएका सुझाव र समस्यालाई समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।
 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १२ : ३६ बजे

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री