दीपेन्द्रले पनि बनाए अर्धशतक, नेपालले स्कोर पनि ३०० नघायो « Khabarhub

दीपेन्द्रले पनि बनाए अर्धशतक, नेपालले स्कोर पनि ३०० नघायो


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डेपछि अर्का ब्यार दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा पाण्डेले लगातार दोस्रो अर्धशतक बनाउँदा दीपेन्द्र पनि ५० रन कटाउँदै आउट भएका छन् ।

दीपेन्द्रले रनआउट हुनुअघि ३६ बलको सामना गर्दै ५९ रनको शानदार पारी खेले । इशान र दीपेन्द्रको गतिलो प्रदर्शन बलमा नेपालले अहिले आफ्नो स्कोर ३०८ रनमा पुर्‍याइसकेको छ।

यसअघि जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि पाण्डेले अर्धशतक बनाएका थिए । अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गर्दै उनले ८२ रनको योगदान दिए । होम ग्राउन्डमा भइरहेको लिग–२ शृंखलाबाट उनले वान्डेमा ‘डेब्यू’ गरेसँगै चम्किन थालेका हुन् । उनले नेपालका लागि तेस्रो खेल खेल्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्धशतक पूरा गर्दै ८३ बलमा ८४ रन बनाइसकेका छन् ।

यसअघि इशानले ६१ बलको सामना गर्दै एक छक्का र तीन चौकासहित ५० रन पूरा गरेका थिए । नेपाली राष्ट्रिय टोलीमा नयाँ ब्याटर उनले अन्तर्राष्ट्रिय करिअरतर्फ सुरूवातमै आफूलाई अब्बल सावित गरेका छन् । नेपालका लागि कप्तान रोहित पौडेल अर्धशतकमा चुक्दै ४६ र आशिफ शेख ४३ रनमा रोकिए ।

ताजा अवस्थामा नेपाल ४९ ओभर खेल्दै ६ विकेको क्षतिमा ३१४ रनको अवस्थामा पुगेको छ। नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १ : ४६ बजे

राष्ट्रियसभा : सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी– बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर

रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

काठमाडौं– सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद,

रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग सभापति रवि लामिछानेले एक्लै छलफल

वैशाखमा पक्राउ परे एक हजार बढी लागूऔषध कारोबारी

काठमाडौं– वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागूऔषध कारोबारमा