नेपालले अमेरिकालाई दियो ३१८ रनको कीर्तिमानी चुनौती, इशान र दीपेन्द्रको शानदार ब्याटिङ « Khabarhub

नेपालले अमेरिकालाई दियो ३१८ रनको कीर्तिमानी चुनौती, इशान र दीपेन्द्रको शानदार ब्याटिङ


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे र अर्का ब्याटर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपालले अमेरिकालाई ३१८ रनको फराकिलो लक्ष्य दिएको छ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा पाण्डेले लगातार दोस्रो अर्धशतक बनाउँदा दीपेन्द्र पनि ५० रन कटाउँदै नेपालको स्कोर ३०० माथि लैजान भूमिका खेलेका हुन्।

दीपेन्द्रले रनआउट हुनुअघि ३६ बलको सामना गर्दै ५९ रनको शानदार पारी खेले । इशान र दीपेन्द्रको गतिलो प्रदर्शन बलमा नेपालले ८ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३१७ रन बनाउन सफल भएको हो ।

यसअघि जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि पाण्डेले अर्धशतक बनाएका थिए । अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गर्दै उनले ८४ रनको योगदान दिए ।

यो स्कोर नेपालले एक दिवसीय क्रिकेटको पहिलो इनिङमा बनाएको सर्वाधिक धेरै हो । यसअघि सन् २०२३ मा नेपालमै भएको एसीसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले ३१० रन बनाएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १ : ५१ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र