उच्च अदालत जनकपुरमा कर्मचारीले थाले सरसफाइ अभियान « Khabarhub

उच्च अदालत जनकपुरमा कर्मचारीले थाले सरसफाइ अभियान


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– उच्च अदालत जनकपुरमा कर्मचारीले सरसफाइ अभियान थालेका छन् । 

अदालतका मुख्य न्यायाधीश टेक नारायण कुँवरको नेतृत्वमा शुक्रबार जनकपुर उच्च अदालत अगाडिको सडक क्षेत्रमा संयुक्त सरसफाइ अभियान चलाइएको हो । 

‘स्वच्छ, सफा, नमूना मार्ग बनाऔँ’ भन्ने नारासहित आयोजित अभियानमा उच्च र जिल्ला अदालतका न्यायाधीशहरू, जनकपुरधाम उपमहानगरपालिका वडा कार्यालय, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र सुरक्षा निकायका  प्रतिनिधि सहभागी थिए । 

सरसफाइ अभियानमार्फत सार्वजनिक स्थानलाई स्वच्छ राख्ने तथा वातावरण संरक्षणप्रति नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। 

सहभागीहरूले नियमित सरसफाइ र सामूहिक सहभागिताले मात्र स्वच्छ समाज निर्माण सम्भव हुने बताएका छन् । मुख्य न्यायाधीश कुँवरले सफाइ अभियानलाई सबैले साथ दिएर  नगर सफा राख्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  २ : ४९ बजे

गाजाको जहाजमा पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता

जेरुसलेम- इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई

‘मार्ने होइन, बाँदरलाई मानवमैत्री बनाउने हो’

काठमाडौं- जेठ १ गते तेह्रथुमको लालीगुराँस नगरपालिकाले ‘बाँदर लेखेट्न सार्वजनिक

नेप्से परिसूचक १६ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो

राष्ट्रियसभा : सीमा विवाददेखि स्वास्थ्य क्षेत्रको विषय उठान

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्वास्थ्य क्षेत्रको सुदृढीकरणदेखि सीमा विवादसम्म