सागका बारेमा आशङ्का राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ | Khabarhub Khabarhub

सागका बारेमा आशङ्का राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) निर्धारित मितिमा नै आयोजना हुने बताएका छन् ।

साग प्रचार प्रसार समितिले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग नहुने तथा समय पछि सर्ने भन्ने आशङ्कलाई पूर्णबिराम लगाउँदै आगामी मङ्सिर १५ देखि २४ गतेको मितिमा नै प्रतियोगिता गर्ने निर्णय गरेको स्पष्ट पारे ।

तयारीका बारेमा जानकारी लिन नेपाल आएको आएको दक्षिण एशियाली ओलम्पिक कमिटी तथा सेभ दि मिसनको टोलीले साग आयोजनास्थलको निरीक्षण गरेको बताउँदै श्रेष्ठले भने, “नेपालको तयारीप्रति उनीहरु विश्वस्त भएका छन्, सरकारले उनीहरुका जिज्ञासालाई स्पष्ट पारेको छ । शतप्रतिशत साग निर्धारित मितिमा हुन्छ ।”

प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका श्रेष्ठले सन् १९८४ मा नेपालबाट नै साग खेलकूदको शुरुआत भएकाले पनि प्रतियोगिता नेपालीका लागि गौरव र प्रतिष्ठानको विषय भएकाले भव्यताका साथ सफल बनाउन ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दुई-तीन वटा खेलका बाहेक सबै पूर्वाधार निर्माणको कार्य सकिएको बताउँदै प्रतियोगिता अघि सबै पूर्वाधार तयार भइसक्ने उल्लेख गरे ।

दशरथ रङ्गशालाको भिआइपी प्यारापिटमा छानो हाल्ने काम बाँकी रहेकाले चार दिनभित्रमा चीनबाट एयर काग्रो गरी छानो ल्याएर छाइने बताउँदै उहाँले पोखरा फुटबल रङ्गशालाका लागि आवश्यक प्यारापिटको सामान बन्दरगाहमा आइसकेकाले साग अगाडी १० हजार दर्शक क्षमताको रङ्गशाला तयार हुने स्पष्ट पारे ।

सागमा नेपाली टोलीको प्रदर्शनमा सुधार ल्याउन विदेशी प्रशिक्षक, वैदेशिक अभ्यास तथा विभिन्न मैत्रीपूर्ण खेलमा जोड दिएकाले टोलीको प्रदर्शनमा सुधार आएको बताउँदै सिलवालले प्रतियोगितामा दोस्रो बन्ने आफूहरुको तयारी रहेको उल्लेख गरे ।

सागमा कूल २८ खेल हुने जानकारी दिँदै उहाँले १८ वटा राजधानी, नौ वटा पोखरा तथा एक वटा खेल जनकपुरमा हुने जानकारी दिए । केही देशमा प्याराग्लाइडिङ खेलाडी नभएको तथा कतिपयमा खेल सङ्घ नहुँदा प्रतियोगितामा प्याराग्लाइडिङ नहुने आशङ्का रहे पनि आफूहरुले प्रतियोगिताका सबै खेल सञ्चालनका लागि प्रयास गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : ३० बजे

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक

सञ्चारमन्त्री भन्छन्- दुःख र सङ्घर्षमा खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैन 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा