कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : सुनिता डंगोल « Khabarhub

कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : सुनिता डंगोल


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा सम्पन्न यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बनेको बताएकी छन्।

कान्स फिल्म फेस्टिभलमा सहभागी भएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले फेस्टिभलको इतिहासमै नेपाली चलचित्रले पहिलो पटक महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गरिन्।

उनले निर्देशक अविनाश विक्रम शाहको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत ‘जुरी प्राइज’ प्राप्त गर्नु नेपाली चलचित्र उद्योग, रचनात्मक क्षेत्र तथा नेपाली कलाको अन्तर्राष्ट्रिय उचाइ बढाउने उपलब्धि भएको बताइन् ।

डंगोलले अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्दै रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकासका लागि काठमाडौँ महानगरपालिका प्रतिबद्ध रहेको धारणा राखिन् उनले यस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सवले नेपाली कला, संस्कृति र सिर्जनशीलतालाई विश्वसामु चिनाउने अवसर प्रदान गर्ने पनि बताइन्।

फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा गत आइतबार फ्रान्स प्रस्थान गरेकी डंगोलले कान्स भ्रमणका क्रममा मेयर लिसनार्डलाई काठमाडौँमा आयोजना हुने चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएको जानकारी पनि दिइन् ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  २ : ५० बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद