बहसमा कमेडी : अश्लील शब्द नबोली हँसाउन सकिँदैन ? « Khabarhub

बहसमा कमेडी : अश्लील शब्द नबोली हँसाउन सकिँदैन ?


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडीमा अश्लील शब्द प्रयोगका विषयले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।

तीन कमेडियनहरूलाई साइबर ब्यूरोल सम्झाएर पठाएपछि यो विषयले बहसको रुपमा पाएको हो । ब्यूरोले साजन श्रेष्ठ, विशाल गौतम र उत्सव सापकोटालाई ‘अब आइन्दा त्यो नबोल्ने’ कबुल गराएर घर फर्काएको हो ।

यही घटनालाई सामाजिक सञ्जालमा विभिन्न कोणबाट यसबारेमा अभिव्यक्ति आइरहेका छन् । तीन कमेडियनलाई ब्यूरोले बनाउनुका कारण भने ‘छाडा बालेरै’ होइन ।

ब्यूरोका प्रवक्ता एसपी दिलीप गिरीका अनुसार पडकास्टमा प्रहरीमाथि नै गम्भीर प्रकारको अभिव्यक्ति दिएपछि ब्यूरो सक्रिय भएको हो ।

उनले भने, ‘प्रहरीको चरित्रमै प्रश्न उठ्ने अभिव्यक्ति दिइएकाले हामीले बोलाएका थियौँ ।’

छाडा बोलेको विषयमा ब्यूरोले कुनै सोधपुछ नगरेको उनको दाबी छ । उनले थपे, ‘छाडा बोलेको विषयमा उजुरी आएको छैन ।

दर्ता भएको मिडिया रहेछ भने प्रेस काउन्सिलले हेर्ला । दर्ता नभएको र उजुरी नआएको पाए हामी प्रक्रियामा जान्छौं ।’

ब्यूरो पुगेर आएका साजनले सामाजिक सञ्जालमार्फत् दर्शकसँग माफी मागेका छन् । उनले आफूहरूलाई ब्यूरोले बोलाएको समाचार सेयर गर्दै लेखेका छन्, ‘मबाट गल्ती भयो, सबैलाई सरी ।’

विशाल र उत्सव भने मौन छन् । आफ्नो पडकास्ट भएकाले साजन माफी माग्न अग्रसर भएका हुन्।

यी तीन कमेडिनका समकालीनहरू पनि यसबारेमा चुपचाप छन् । उनीहरूले आधिकारिक धारणा दिएका छैनन् ।
तर, आयुश श्रेष्ठ भने घुमाउरो पारामा असन्तुष्ट व्यक्ति गरेका छन् ।

उनले लेखेका छन्, ‘अश्लील शब्द प्रयोग गर्ने अधिकार नेपालमा कसलाई ? १. बाटोमा प्रहरीलाई २. फिल्ममा कलाकारलाई ३. किताबमा लेखकलाई ४. फेसबुक वालमा प्रधानमन्त्रीलाई । सायद कमिडियनबाहेक सबैलाई छ ।’

आयुशले छाडा बोल्न कुरालाई अधिकारसँग जोडेका छन् । यो स्ट्याट्सको आशय उनको तीन कमेडियनलाई पक्राउसँग सम्बन्ध राख्छ ।

अर्का कमेडियन प्रभात लामाले भने साजनलाई व्यङग्य गरेका छन् । उनले साजन जेलभित्र रहेको जस्तो देखिने फोटो सेयर गरि लेखेका छन्, ‘सम्झाइ बुझाइ छाडिएको छ ।’

अरुले के भनेका छन् ?

ब्यूरोले प्रहरीमाथि आपत्तिजनक अभिव्यक्तिका कारण सम्झाएको दाबी गरे पनि यो घटनालाई अश्लील शब्द प्रयोगसँग जोडिएर बहस सिर्जना भएको छ ।

कमेडियनहरूले प्रयोग गर्ने अस्वभाविक अश्लील–द्विअर्थी शब्दमा मनोरञ्जन गर्ने र चित्त नबुझाउने दर्शक पहिलादेखि नै फरक विचार राख्दै आएका छन् ।

पक्राउको विषयले भने उक्त बहसलाई मलजल मात्रै गरेको हो ।

साजनले आफ्नै फेसबुकमा अश्लील शब्द प्रयोग गरेको विषयमा गाली खाएका छन् । केही दर्शकले उनैलाई ‘अश्लील बोल्न नहुने’ भन्दै अश्लील गाली नै गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता प्रकाश गौतमले अश्लील शब्द प्रयोग गर्नुलाई इज्जत नभएको कलाकारको संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘इज्जत नभएको सरी भनेर के हुन्छ ?’

अर्का प्रयोगकर्ता महेश आचार्यले अश्लील नबोल्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘मर्यादित भाषा प्रयोले समाज, देश र व्यक्ति सबैलाई राम्रो गर्छ ।’

केहीले अश्लीलताई स्वीकार पनि गरेका छन् ।

लोक दोहोरीलगायत मनोरञ्जनका अन्य विधामा अश्लील प्रयोगलाई सामान्यरुपमा प्रयोग गर्न थालिएकामा कमेडीमा पनि त्यही रुपले लिनुपर्ने केहीको धारणा छ ।

यस विषयलाई कतिले अभिव्यक्ति स्वतन्त्रतासँग पनि जोडेर हेरेका छन् । केहीले प्रधानमन्त्री बालेन्द्र शाहले र्‍याप र सामाजिक सञ्जालमा प्रयोग गरेको अश्लील शब्दलाई भाइरल बनाएका छन् ।

कलाकार प्रधानमन्त्री बन्दा पनि अश्लील शब्द प्रयोगको विषयलाई विशाल बनाइनुलाई उनले बालेन्द्रको कार्यसम्पादनसँग जोडेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ८ : ०१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने