जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन « Khabarhub

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको सो र्‍यालीमा सहभागीहरूले हाम्रो श्रम चल्ने, रगत र पसिना चल्ने तर हाम्रो छोराले छोरी मन पराउँदा खोलामा बगाइने बर्बर जातिवादी मानसिकताको अन्त्य विना लोकतन्त्र अधुरो छ लगायतका प्लेकोर्ड बोकेर प्रदर्शन गरेका थिए ।

देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवअधिकारकर्मीहरू सहभागी भएका छन् । यो ऐतिहासिक विद्रोह दिवसको घोषणा ६ वर्ष पहिले प्रेम विवाहकै कारण रुकुम सोतीमा निर्मम र अमानवीय रूपमा मारिएका नवराज विक लगायत ६ जना युवाको सम्मान र न्याय खोज्ने प्रतिरोधको रूपमा गरिएको थियो ।

अन्तरजातीय प्रेमकै कारण ज्यान फाल्नुपर्ने यो देश कस्तो गणतन्त्र हो ? भन्दै र्‍यालीमा सहभागी युवा अधिकारकर्मीहरूले आक्रोश पोखेका छन् । 

प्रदर्शनमा सहभागीहरूले भूमिहीन दलितहरूलाई खेतीयोग्य जमिनको व्यवस्था गर, दलित विद्यार्थीका निम्ति छात्रवृत्तिसहित निःशुल्क शिक्षा सुनिश्चित गर र दलित हत्याकाण्डको न्यायिक छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर जस्ता सामरिक र नीतिगत मागहरू राखेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ४ : ५१ बजे

फिफा विश्वकप : इरानको बेस क्याम्प अमेरिकाबाट मेक्सिको सारियो

तेहरान- इरानले सन् २०२६ को फिफा विश्वकपका लागि तय गरिएको

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले