‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’ « Khabarhub

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने  बताएका छन् ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज आयोजित लागूऔषध दुर्व्यसनविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिङ्गो राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकाले यसलाई  नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले लागूऔषधविरुद्ध प्रहरीले मात्र नभएर प्रत्येक घर, विद्यालय र समुदायको साझा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

उनले लागूऔषधमा परेका युवाको पुनः स्थापनाका लागि कोभिड–१९ को समयमा निर्माण गरिएका मोरङको रानी विराटनगर र झापाको काँकरभिट्टामा रहेको होल्डिङ सेन्टरलाई सुधार गृहको रुपमा विकास गरी जिल्ला प्रशासन कार्यालय मातहत सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले युवा मुलुकको सम्पत्ति भएका उल्लेख गर्दै प्रदेश सरकारले दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम अगाडि बढाएको बताए ।

प्रतिनिधिसभाका सांसद सन्तोष राजवंशीले लागूपदार्थ दुर्व्यसनी समाज र राष्ट्रको साझा समस्या भएकाले यसको नियन्त्रणमा सबै जिम्मेवारीका साथ गर्नुपर्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमा क्षेत्रमा हुने लागूऔषधको ओसारपसार नियन्त्रण एवं दुर्व्यसन मुक्त समाज निर्माण गर्नु सबैको जिम्मेवारी भएको बताए । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र गृह मन्त्रालय सहसचिव सुमन घिमिरेले भौतिक पूर्वाधारको विकाससँगै दुर्व्यसनी मुक्त समाज निर्माण गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले युवा जागेमा समाज र राष्ट्र बन्ने हुनाले लागूऔषध नियन्त्रणमा सक्रिय रुपमा लाग्न आग्रह गरे ।

उनले लागूऔषधको अवैध कारोबार र सीमापार तस्करीमा संलग्न अपराधीविरुद्ध शून्य सहनशीलता अपनाउनुका साथ कानुनको कडा दायरामा बताए । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कट्वाल, कोशी अस्पतालकी डा प्रजिता पौडेल, गैरसरकारी संस्थाकी अध्यक्ष विष्णु शर्मा पन्तलगायतले दुर्व्यसनीलाई परिवारको माया र समाजको सहयोग आवश्यक भएको बताए ।

कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लागूऔषधका एक हजार ४३७ मुद्दा दर्ता भएका थिए भने सोही अवधिमा दुई हजार २०३ जना पक्राउ परेका सो अवसरमा जानकारी दिइएको थियो । 

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ६ : १९ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको