बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो « Khabarhub

बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सर्लाही – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेलापरेको छ । बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्दुई युवक बेपत्ता भएका थिए ।

खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका–६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका क्रममा आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेलापरेको प्रहरीले जनाएको हो ।

शनिबार खोला तर्ने क्रममा झप्सी झुलुङ्गे पुलमुनिबाट उनीहरू दुई जनासहित बरहथवा नगरपालिका–५ का अन्दाजी २८ वर्षका सहमद मोमिन, २४ वर्षका मोहम्द अखतर र ब्रहमपुरी गाउँपालिका–३ का अन्दाजी २० वर्षका श्याम भण्डारीलाई समेत खेलाले बगाएको थियो ।

बगेका तीन जना भने त्यसको केही मिटरको दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

उनीहरू शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ । बेपत्ता रोहित र गणेशको भने खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव घटनास्थलको मुचुल्कापछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । घटनापछि मृतक युवकहरूको गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ८ : २१ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष