भारतमा फेरि इन्धन मूल्य वृद्धि, १० दिनमै चौथो पटक महँगी « Khabarhub

भारतमा फेरि इन्धन मूल्य वृद्धि, १० दिनमै चौथो पटक महँगी


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्ति शृङ्खलामा दबाब बढिरहेका बेला भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो १० दिनमा यो चौथो पटक गरिएको मूल्यवृद्धि हो ।

फेब्रुअरीदेखि सुरु भएको युद्धयता भारतमा पेट्रोलियम पदार्थको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ । विशेषगरी इरान र हर्मुज जलघाँटी क्षेत्रमा बढ्दो तनावका कारण विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर भारतीय बजारमा परेको हो ।

विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले आफ्नो कुल आयातको झण्डै आधा हिस्सा हर्मुज जलघाँटीमार्फत ल्याउने भएकाले आपूर्ति जोखिमसँगै आन्तरिक बजारमा मूल्य समायोजनको दबाब पनि बढ्दै गएको छ ।

पछिल्लो समायोजनपछि भारतभर पेट्रोल र डिजेलको मूल्य औसतमा दुई रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९९.५ रुपैयाँबाट बढेर १०२.१२ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ९५.२० रुपैयाँ कायम गरिएको छ ।

यो वृद्धि प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति जोगाउन इन्धन खपत नियन्त्रण आवश्यक रहेको बताएको केही दिनपछि आएको हो । उहाँले आयातमा हुने उच्च खर्चलाई ध्यानमा राख्दै उपभोगमा अनुशासन आवश्यक रहेको संकेत गरेका थिए ।

यसैबीच भारतले मध्यपूर्वबाट हुने आपूर्तिमा आएको कमी पूर्ति गर्न रूसबाट कच्चा तेल आयात बढाएको छ । जहाज ट्र्याकिङ तथा आयातसम्बन्धी तथ्याङ्कले अस्थायी अमेरिकी छुटपछि भारत वैकल्पिक स्रोततर्फ बढी केन्द्रित भएको देखाएका छन् ।

ऊर्जा आपूर्तिमा परेको दबाबबारे प्रतिक्रिया दिँदै भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीले तेल बिक्री गर्ने कम्पनीहरू ठूलो आर्थिक दबाबमा रहेको बताए। उनका अनुसार ती कम्पनीहरूले दैनिक करिब १२ करोड अमेरिकी डलरसम्म घाटा बेहोरिरहेका छन् । त्यसका बाबजुद पनि देशमा ‘निर्बाध ऊर्जा आयात र आपूर्ति’ सुनिश्चित गरिएको उनले दाबी गरे।

 मध्यपूर्वीय युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति अस्थिर भइरहेका बेला भारतले आन्तरिक मूल्य समायोजनसँगै वैकल्पिक आपूर्ति स्रोत विस्तारलाई पनि प्राथमिकतामा राखेको देखिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १ : ०३ बजे

कोशी प्रदेश सरकारले एआईमार्फत् एक्स-रे सेवा दिने

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संसदमा

पहिचान जोगाउन होमस्टे सञ्चालन

भजनी– थारू समुदायको पहिचानसहितको  कला, संस्कृति तथा मौलिकताको संरक्षण र

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको

यस्तो छ, लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

टीकापुर– कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती