सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर « Khabarhub

सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।

बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपुर्‍याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो । 

बिरुवा वितरणका लागि यही जेठ २१ गतेसम्म माग संकलन गरिने जानकारी दिँदै उनले मागका आधारमा अनुदानमा उपलब्ध गराउन लागिएको महानगरपालिकाअन्तर्गत कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

‘बाँझो जमिनमा औषधीय गुण रहेको सिप्लीकान लगाउन सकिन्छ’, उनले भने, ‘तरकारीका लागि उपयोग गर्न सकिने सिप्लीकान बाँदरले पनि क्षति नपुर्‍याउने भएकाले यो बाँझो जग्गाहरूमा उपयोगी हुन्छ ।’

पोखरामा मौरीपालनतर्फ आकर्षण बढिरहेका कारण त्यसलाई सहयोग पुर्‍याउने उद्देश्यले चिउरीका बिरुवा पनि अनुदानमा उपलब्ध गराउन लागिएको प्रमुख कडरियाले जानकारी दिए।

पोखरा महानगर क्षेत्रमा १५ हजारदेखि २० हजारसम्म मौरीका घारहरू रहेको उनले बताए। 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  २ : ५४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२