निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र व्यवस्थापनमा ध्यान दिन आग्रह « Khabarhub

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र व्यवस्थापनमा ध्यान दिन आग्रह


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनौट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरूले आग्रह गरेका छन् । 

सोमबार विराटनगरमा आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रदेश स्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको छनौट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गरेका थिए ।

उनीहरूले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन् । 

निर्वाचन आयोगले आयोजना गरेको सो कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत फागुन २१ गते भएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनैतिक दल, सुरक्षाकर्मी र मतदाताहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

उनले समीक्षा कार्यक्रममा आएका सुझावहरूलाई निर्वाचन कानुन सुधारका रुपमा लिइने जानकारी दिए । 

सो कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन २०८२ मा भएको खर्च, व्यवस्थापन र सुधारका कार्यहरू बारे जानकारी गराइएको थियो । 

निर्वाचनमा प्रति मतदाता २ सय ६३ रुपैयाँ खर्च भएकाले आगामी निर्वाचनहरू थप मितव्ययी बनाउन निर्वाचन आयोगले गृह कार्य गरिरहेको जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : २३ बजे

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र