निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र व्यवस्थापनमा ध्यान दिन आग्रह « Khabarhub

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र व्यवस्थापनमा ध्यान दिन आग्रह


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनौट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरूले आग्रह गरेका छन् । 

सोमबार विराटनगरमा आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रदेश स्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको छनौट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गरेका थिए ।

उनीहरूले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन् । 

निर्वाचन आयोगले आयोजना गरेको सो कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत फागुन २१ गते भएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनैतिक दल, सुरक्षाकर्मी र मतदाताहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

उनले समीक्षा कार्यक्रममा आएका सुझावहरूलाई निर्वाचन कानुन सुधारका रुपमा लिइने जानकारी दिए । 

सो कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन २०८२ मा भएको खर्च, व्यवस्थापन र सुधारका कार्यहरू बारे जानकारी गराइएको थियो । 

निर्वाचनमा प्रति मतदाता २ सय ६३ रुपैयाँ खर्च भएकाले आगामी निर्वाचनहरू थप मितव्ययी बनाउन निर्वाचन आयोगले गृह कार्य गरिरहेको जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ५ : २३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स