भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा « Khabarhub

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै समूह विजेता बन्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलमा भारत २५–१४, २६–२४ र २५–१३ ले विजयी भयो । समूह ए मा भारतसँगै नेपाल पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पराजित किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार भएको पहिलो खेलमा बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै  श्रीलङ्काले सान्त्वना जित निकाल्यो । 

समूह चरणको अन्तिम खेलमा श्रीलङ्काले २५–१९, २५–९ र २५–१३ को जित निकालेको हो । समूह बी बाट कजाख्स्तान र इरान सेमिफाइनल प्रवेश गरिसकेका छन् । 

चार टीमबीच वर्गीकरण राउन्ड पछि जेठ १४ गते बिहीबार सेमिफाइनल खेल हुने भलिबल संघले जनाएको छ । फाइनल खेल भने जेठ १५ गते शुक्रबार हुने छ । 
 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ५९ बजे

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान

व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई

सुनसरी घटनाका घाइते भेट्न पुगिन् स्वास्थ्यमन्त्री (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही