इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा « Khabarhub

इरानका अधिकारीहरू रोक्का कोष र शान्तिवार्ताका लागि छलफल गर्न कतारमा


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दोहा – शीर्ष वार्ताकार र केन्द्रीय बैङ्कका प्रमुखसहितको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौता र रोक्का गरिएको कोषको रिहाइबारे छलफल गर्न सोमबार दोहामा पुगेको एक विश्वस्थ स्रोतले एएफपीलाई जानकारी गराएको छ ।

‘द्वन्द्व अन्त्यका लागि जारी कूटनीतिक प्रयासबारे वार्ताका लागि इरानी सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सोमबार दोहा आइपुग्नुभएको छ,’ संवेदनशील कुरा भएकोले स्रोत उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले बताएको छ।

स्रोतले भनेको छ, ‘यो भ्रमण हर्मुज घाँटी भएर हुने आवागमन र अत्यधिक संवर्धित युरेनियमसँग सम्बन्धित मुद्दाहरूमा केन्द्रित हुनेछ। प्रतिनिधिमण्डलमा विदेशमा रोक्का इरानी सम्पत्तिको विषयमा छलफल गर्ने उद्देश्यले इरानको केन्द्रीय बैङ्कका गभर्नरलाई पनि समावेश गरिएको छ ।’

यो बिषय अमेरिका र इरानबीच पाकिस्तानी मध्यस्थतामा भएको सम्झौताका लागि तयार गरिएको एक खाकाका रूपमा एक समझदारी पत्रमा सम्बोधन गरिएको छ। इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले भ्रमणको पुष्टि गर्दै भनेको छ, ‘यो भ्रमण कूटनीतिक प्रक्रियाको एउटा हिस्साका रुपमा हुन लागेको हो ।’

इरानका अन्य सञ्चारमाध्यम तास्निम र फार्स न्यूज एजेन्सीहरूले प्रतिनिधिमण्डलमा इरानी विदेश मन्त्री अब्बास अराघची, केन्द्रीय बैङ्कका गभर्नर अब्दोलनासेर हेमती पनि रहेको पुष्टि गरेका छन् । फार्सका अनुसार वाशिङ्गटनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू अन्तर्गत विदेशमा रोक्का गरिएको तेहरानको कोषको केही हिस्सा जारी गर्ने र हर्मुज नाकाबन्दी अन्त्य गर्ने शर्तमा इरानी बन्दरगाहहरूमा यात्रा गर्ने जहाजहरूको नौसैनिक नाकाबन्दी अन्त्य गर्न सहमति जनाएको छ।

सन् २०२३ मा दक्षिण कोरियाली बैङ्कहरूबाट रोक्का गरिएको छ अर्ब डलर इरानी कोष इरानले बन्धक गरेका पाँच अमेरिकी नागरिकहरूको रिहाइको शर्तमा कतारमा राखिएको थियो । हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि वासिङ्टन र तेहरानबीच सम्बन्ध बिग्रिएपछि यो रकम कहिल्यै जारी गरिएको थिएन।

अमेरिका र इरानबीचको शान्ति वार्तामा पाकिस्तान अहिलेसम्म मुख्य मध्यस्थकर्ताको रुपमा रहँदै आएको छ ।अप्रिल ८ मा युद्धविराम लागू भएदेखि जारी वार्ताको उद्देश्य युद्धलाई व्यापक रूपमा अन्त्य गर्नु र स्ट्रेट अफ हर्मुज पुनः खोल्ने हो।

विगतमा इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गरेको कतारले हालैका हप्ताहरूमा वार्ताका लागि दबाब दिन बढ्दो भूमिका खेलेको देखिन्छ। यस महिनाको सुरुमा शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले संयुक्त राज्य अमेरिकामा शीर्ष अमेरिकी कूटनीतिज्ञ मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्ससँग युद्ध अन्त्यका लागि कूटनीतिक पहलमा जोड दिन बैठक गरेका थिए ।

इरानले गत फेब्रुअरी २८ देखि इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा कतारलगायत खाडी मुलुकविरुद्ध क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो । विश्वको तेल र प्राकृतिक ग्यासको पाँच भागको लगभग एक भाग सामान्यतया स्ट्रेट अफ हर्मुजको नाका भएर जान्छ, यसले कतारको खाना पकाउने ग्यास (एलएनजी) निर्यातसहित ऊर्जा–समृद्ध खाडीको लागि महत्त्वपूर्ण समुद्री निर्यात पनि रोकेको छ । यसले खाडी षेत्रको साथै विश्वको अर्थव्यवस्थालाई तनाव दिएको छ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ८ : ३९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने