विपक्षीलाई सभामुखको जवाफ : प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनु भएको छ « Khabarhub

विपक्षीलाई सभामुखको जवाफ : प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनु भएको छ


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आएर जवाफ दिने तयारीमा रहेको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट आउनुअघि मंगलबार बसेको संसद् बैठकमा पनि प्रधानमन्त्री नआएपछि विपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुखले यस्तो बताएका हुन् ।

‘स्वयम् सरकार र प्रधानमन्त्रीसँग पनि मेरो संवाद भइरहेको छ। प्रधानमन्त्री संसद्मा आउने तयारी गरिरहुन भएको छ’, उनले भने, ‘अहिले सदनमा भइरहेको विषयमा प्रधानमन्त्री जानकार हुनु हुन्छ।’

उनले सत्ता पक्ष (राष्ट्रिय स्वतन्त्र पार्टी) का सचेतक कविन्द्र बुर्लाकोटीले पनि प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने तयारी गरिरहेको बताएको उल्लेख गरे।

मंगलबारको बैठकमा विपक्षीको अवरोधबीच मन्त्रीलाई बोल्ने समय सभामुखले दिएका थिए । तर सबै विपक्षीले मोर्चाबद्ध गरेर संसद्मा अवरोध जारी राखेका छन्।

त्यसअघि कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामुखसमक्ष रुलिङका लागि आग्रह गरेकी थिइन् । तर सभामुख अर्याल प्रधानमन्त्रीका नाममा रुलिङ गर्नबाट पन्छिरहेका छन्।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  २ : ५३ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच