भेनेजुएलाको विषयलाई लिएर अमेरिकासँग द्विपक्षीय वार्ता गर्न रुस तयार | Khabarhub Khabarhub

भेनेजुएलाको विषयलाई लिएर अमेरिकासँग द्विपक्षीय वार्ता गर्न रुस तयार


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलामा जारी राजनीतिक संकटका विषयमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसले जनाएको छ । रोल…
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगको टेलिफोन वार्ताका क्रममा रुस भेनेजुएलाका विषयमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न तयार रहेको जनाएका हुन् ।

रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुएलाको भविष्य निर्धारण गर्ने जिम्मा भेनेजुएलाका जनताको हातमा मात्रै रहेको रुसी विदेश मन्त्रालयको भनाइ छ । भेनेजुएलामा जारी राजनीतिक संकटका विषयमा अमेरिकाले रुससमक्ष द्विपक्षीय वार्ता गर्ने प्रस्ताव गरेको भन्दै रुसी विदेशमन्त्रालयले अमेरिकाको प्रस्ताव स्वीकार्य रहेको र भेनेजुएलाको विषयमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न रुस तयार रहेको जनाइएको छ ।

गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेयता भेनेजुएलाको विषयलाई लिएर रुस र अमेरिका दुई फरक कित्तामा उभिएका छन् । अमेरिकाले हुआँ गुआइदोलाई भेनेजुएलाको आधिकारिक राष्ट्रपतिको मान्यता दिएको छ भने रुसले निकोलस मादुरोलाई नै राष्ट्रपतिको मान्यता दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ४ : ५६ बजे

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको