नेपाली चिया निर्यातमा भारतको अवरोध, कृषिमन्त्री भन्छिन्, ‘दीर्घकालीन समाधानका उपाय खोज्दैछौँ’ « Khabarhub

नेपाली चिया निर्यातमा भारतको अवरोध, कृषिमन्त्री भन्छिन्, ‘दीर्घकालीन समाधानका उपाय खोज्दैछौँ’


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विभिन्न समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले चिया निर्यातमा देखिएको समस्या हालका लागि पहल भइरहेको बताइन् ।

उनले यस समस्याको दीर्घकालीन रुपमै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताइन्। ‘यसका लागि भारत सरकारलाई पत्राचार गरिएको छ, चिया व्यवसायीसँग छलफल गरिएको छ’, उनले भनिन्, ‘भारतस्थित नेपाली दूतावासमार्फत् निरन्तर समन्वय भइरहेको छ।’

उनले हाल नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको बताइन्र । १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको तथ्यांक उनले सुनाइन् ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। जसमा ८० देखि ९० प्रतिशत निर्यात भारततर्फ निर्यात हुने गरेको उनले बताइन् ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १ : ५० बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको