कोशी प्रदेश सभाको दृश्य : जब पूर्वमुख्यमन्त्रीले रोस्ट्रममा उक्लिएर माइक फ्याँक्न खोजे… « Khabarhub

कोशी प्रदेश सभाको दृश्य : जब पूर्वमुख्यमन्त्रीले रोस्ट्रममा उक्लिएर माइक फ्याँक्न खोजे…


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विपक्षी दलहरूको अवरोधबीच सभामुखले बैठक अघि बढाउन खोजेपछि बुधबार दिउँसो कोशी प्रदेश सभाको बैठकमा तनाव भएको छ।

प्रतिपक्षी दलहरूको अवरोधबीच सभामुख अम्बरबहादुर विष्टले बैठक अघि बढाउन खोजेपछि पूर्वमुख्यमन्त्री एवम् नेकपा सांसद राजेन्द्र राईले हतार हतार रोस्ट्रममा उक्लिएर त्यहाँको माइक नै फ्याँक्न खोजे ।

प्रतिपक्षी लहरको आशनबाट उठेर रोस्ट्रममा जुरुक्क उक्लिएका राईले माइक तानेर फ्याँक्ने प्रयास गरेपछि मर्यादापालकले हस्तक्षेप गरे। उनलाई मर्यादापालकहरू तत्कालै नियन्त्रणमा लिएर रोस्ट्रमबाट तल झारिदिए ।

यस तनावपछि सभामुख विष्टले सांसदहरूलाई मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गरे । यस घटनापछि सदनमा प्रदेश सभा सदस्य राईसहितले सभामुखको कार्यशैलीको विरोध जनाए । उनीहरू र सभामुखबीच चर्काचर्की हुँदा नाराबाजी पनि चलेको छ।

मंगलबारको बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन दर्ता तथा छलफलका लागि पर्याप्त समय नदिई पारित गरिएको भन्दै प्रतिपक्षी दल विरोधमा उत्रिएका छन् ।

त्यहीबीचमा बुधबारको बैठकमा पनि प्रतिपक्षी दलले विरोधलाई निरन्तरता दिए। विपक्षीहरूले विरोध गरिरहँदा पनि सभामुख विष्टले जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई विशेष समयमा बोल्ने अनुमति दिए। त्यसपछि विपक्षी सांसदहरू आक्रोशित हुँदै रोस्ट्रममा उक्लिए ।

तनाव बढेर विपक्षीले अवरोध गरिरहेपछि सभामुख विस्टले प्रदेश सभा बैठक आधा घण्टालाई रोकेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ३ : १८ बजे

आयोगको नजरमा नेपालको गुप्तचर निकाय ‘फेलियर’

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे

जेन-जी आन्दोलनमा संलग्न रास्वापाका १५ सांसद अनुसन्धानको दायरामा

काठमाडौं– जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५

एशियन महिला छनोट : चीनमाथि नेपालको जित

काठमाडौं– नेपाली  महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९

अदालतमा गोला प्रक्रिया निरन्तर

काठमाडौं– सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच

ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनको कारबाही गर्ने कानुन नै छैन

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा