मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको चेतावनी | Khabarhub Khabarhub

मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारको चेतावनी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको अन्तिम अल्टिमेटम दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन गर्न अल्टिमेटम दिएका हुन् ।

मन्त्री पोखरेलले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अबको १५ दिनभित्र मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता वा समायोजन नगरे गठी मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिए ।

मन्त्री पोखरेलले शिक्षा मन्त्रालयले त्रिभुवन विश्व विद्यालयक, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग मन्त्रीस्तरीय बैठक गरेर १५ दिनसम्म शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउने निर्णय भएको बताए ।

‘म मेडिकल कलेज चलाउने सबै साथीहरुलाई के भन्न चाहन्छु भने हिजो संक्रमणमा जेजे भए, अब चिकित्सा शिक्षा ऐन आइसकेपछि ऐन कार्यन्वय र क्याविनेटले गरेका निर्णयको सन्दर्भमा हामी आफ्नो भुमिका खेलिरहेका छौं सबैलाई आफ्नो भूमिका लेख्न पनि आग्रह गरेका छौं,’ मन्त्री पोखरेलले भने, ‘यो आग्रह गरेपछि पनि उहाँहरुले मिलाउनु भएन भने निश्चित रुपमा विद्यार्थी र अभिभावकले दिएका निवेदनहरुमाथि कार्यन्वयनको प्रक्रियामा जान्छ ।’

मन्त्री पोखरेलले विद्यार्थी र अभिभावकलाई पनि मेडिकल कलेजको गठी धन्दामा नफस्न आग्रह गरे । मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विभिन्न मेडिकल कलेजहरुमा लामो समय देखि आन्दोलन समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : १८ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको