माइतीघरबाट आयोजकले फर्काउन खोज्दा पनि अटेरी गरेका थिए सुधन गुरुङले « Khabarhub

माइतीघरबाट आयोजकले फर्काउन खोज्दा पनि अटेरी गरेका थिए सुधन गुरुङले


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा आयोजक समूहले फर्किन आग्रह गर्दा पनि हामी नेपालका अध्यक्ष सुधन गुरुङले अटेरी गर्दै प्रदर्शन स्थलमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ ।

मानव अधिकारसम्बन्धी प्रतिवेदनअनुसार २०८२ भदौ २३ गते बिहान करिब ९ बजे जेन–जी अभियानका अगुवा रक्षा बम, जस्टिन ओझा लगायतको समूह माइतीघर मण्डला पुगेपछि ‘हामी नेपाल’ का सुजन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवक, तीन वटा एम्बुलेन्ससहितको तयारी गरेको देखिएको थियो ।

त्यसक्रममा रक्षा बम र जस्टिन ओझालगायतले सुधन गुरुङसँग विवाद गर्दै उनलाई प्रदर्शनबाट फर्किन आग्रह गरेका थिए ।

प्रतिवेदनमा शान्तिपूर्ण भनिएको प्रदर्शनमा सुरुमै एम्बुलेन्स, प्राथमिक उपचार र स्वास्थ्य स्वयंसेवकको व्यवस्था गर्नुले आन्दोलन हिंसात्मक हुन सक्ने पूर्वसंकेत देखिएको उल्लेख छ । प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि आन्दोलन उत्तेजक र हिंसात्मक बनेको तथा गलत तत्वको घुसपैठ भएको सुरक्षा अधिकारीहरूको बयानमा उल्लेख गरिएको छ ।

यस्तो अवस्था सिर्जना हुँदासमेत आयोजकले घुसपैठ रोक्न प्रभावकारी प्रयास नगरेको र सुरक्षा निकायले पनि पर्याप्त विश्लेषण तथा तयारी गर्न नसकेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : ४४ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा