देउवा चोकबाट सुरु भएको थियो आगजनी र तोडफोड  « Khabarhub

मानव अधिकार आयोगको प्रतिवेदन

देउवा चोकबाट सुरु भएको थियो आगजनी र तोडफोड 


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २४ गते भएको तोडफोड र आगजनीको श्रृंखला काठमाडौंको देउवा चोकबाट सुरु भएको तथ्य सार्वजनिक भएको छ । 

मानव अधिकार आयोगको प्रतिवेदनअनुसार निषेधाज्ञा र सुरक्षा आदेशको अवज्ञा गर्दै एक समूहले बिहान करिब ११ बजे तत्कालीन ऊर्जामन्त्रीको घरमा आक्रमण सुरु गरेपछि देशभर हिंसा फैलिएको थियो ।

प्रतिवेदनमा त्यसपछि राजनीतिक दलका कार्यालय, शीर्ष नेताका निवास, सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी चौकी, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाट भएको उल्लेख छ ।

यसैक्रममा ललितपुरको नख्खु कारागार पनि प्रदर्शनकारीले घेरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू मनिस झा र हरि ढकालसहितको भीडले  सभापति रवि लामिछानेलाई कारागारबाट बाहिर निकालिएको र त्यसपछि अन्य बन्दीसमेत बाहिर निस्किएको प्रतिवेदनमा उल्लेख छ ।

रवि लामिछाने बाहिरिएको समाचार फैलिएपछि देशभरका कारागार र बाल सुधार केन्द्रमा तनाव फैलिएको तथा भाग्ने प्रयासका क्रममा प्रहरीसँग झडप हुँदा तीन सुरक्षाकर्मीको मृत्यु र करिब २५० जना घाइते भएको उल्लेख गरिएको छ ।

 त्यसपछि विभिन्न कारागारमा गोली चल्दा १० जना बालबन्दी तथा कैदीबन्दीको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ५ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली