दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन « Khabarhub

दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं ले आफू २०८२ भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनमा सहभागी नभएको दाबी गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोग प्रतिवेदन बुधबार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फैलिएका भ्रम चिर्न आफूले स्पष्ट धारणा सार्वजनिक गरेको प्रसाईंले बताएका छन्।

उनले आन्दोलनमा जान खोज्दा ‘जेन–जी’ समूहका केही व्यक्तिले आफूलाई ‘कालो झण्डा देखाउने’ भन्दै फोन गरेको उल्लेख गरेका छन्।

यसका साथै तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर तथा हालका प्रधानमन्त्रीले फेसबुकमार्फत आफूलाई लक्षित गर्दै ‘बौलाहा अभियन्ता नआउनु’ भनेपछि आन्दोलनमा सहभागी नभएको उनको दाबी छ।

प्रसाईंले आन्दोलन सकिएपछि मात्रै देशको सुरक्षा संवेदनशीलता बुझेर सेना प्रमुखको आग्रहमा वार्ताका लागि गएको बताएका छन्।

आन्दोलनका क्रममा भएका तोडफोड र आपराधिक गतिविधिमा आफ्नो नाम जोड्नु नियोजित षड्यन्त्र भएको उनको भनाइ छ।

उनले ४२ नेपाली नागरिकको ज्यान जाने तथा ३ जना सुरक्षाकर्मीको हत्या हुने घटनामा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

टीओबी ग्रुपलगायत दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अक्षरसः कार्यान्वयन हुनुपर्ने बताएका छन्। प्रसाईंले दण्डहीनताको अन्त्य गर्दै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ६ : ४१ बजे

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा