एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल « Khabarhub

एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा चीनलाई १९ रनले हराएको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चीनसँग पराजित भएको इन्डोनेसिया भने अंकबिहीन छ ।

नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । बुधबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२६ रनको लक्ष्य भेट्न नसक्दा चीन नेपालसँग १९ रनले पराजित भयो । पूरै २० ओभर खेल्दै चीन पाँच विकेटको क्षतिमा १०६ रनमा समेटिएको हो ।

नेपाल र इन्डोनेसियाको खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुँदैछ ।

मलेसियामा मंगलबार सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो । समूह ‘बी’को नेपाल र चीनको समान दुई दुई अंक छ भने समूह ‘ए’को थाइल्यान्डले चार अंक जोडेको छ ।

समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ८ : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका