काभा भलिबलः सेमिफाइनलमा इरानसँग भिड्दै नेपाल « Khabarhub

काभा भलिबलः सेमिफाइनलमा इरानसँग भिड्दै नेपाल

दोस्रो सेमिफाइनलमा भारत र कजाकिस्तानको भेट


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो सेमिफाइनलमा बिहीबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–२ को सेटमा पराजित भएको नेपालले त्यसपछिका खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। नेपालले दोस्रो खेलमा किर्गिस्तान र समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

आजै हुने अर्को सेमिफाइनल खेलमा भारत र कजाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २:३० बजे सुरु हुने आयोजकले जनाएको छ ।

निरुता ठगुन्ना कप्तान रहेको नेपाली टिममा उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ९ : १९ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले