बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा « Khabarhub

बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

शुक्रबार दिउँसो ४ बजे सिंहदरबारस्थित नयाँ तथा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्नेछ। सो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ सरकारको तर्फबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।

हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमै बजेट प्रस्तुती गरिने भएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद् भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक सञ्चालन गर्ने तयारी भए पनि ‘फिनिसिङ’ कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हल प्रयोग गर्नुपरेको हो।

सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई बैठक सुरु हुनुअघि नै आफ्नो स्थान ग्रहण गर्न आग्रह गरेको छ।

प्रवक्ता गिरीले स्थान अभावका कारण यसपटकको बजेट प्रस्तुतिमा संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई आमन्त्रण नगरिएको जानकारी दिए।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ५ : ०८ बजे

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम– गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ