अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर « Khabarhub

अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ १ को खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क १ को खरिददर १९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४० पैसा रहेको छ।

केन्द्रीय बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने बैंकले उल्लेख गरेको छ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ६ : १८ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग