बजेट भाषण सुन्न प्रधानमन्त्री सदन जाँदै « Khabarhub

बजेट भाषण सुन्न प्रधानमन्त्री सदन जाँदै


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दैछन् । बजेट भाषणका बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित हुने भएका छन् । तर उनले बोल्ने कार्यक्रम भने छैन । प्रधानमन्त्रीका सचिवालय सदस्यले दिएको जानकारी अनुसार अहिले प्रधानमन्त्री बालेन सदन पुग्नका लागि तयारी गरिरहेका छन् ।

‘प्रधानमन्त्री कार्यालयबाट सदन जाने तरखरमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ । आज उहाँ सदनमा उपस्थित हुनुहुन्छ ।’ सचिवालयका एक सदस्यले खबरहबसँग भने, ‘हामीले यसबारे जानकारी गराइसकेका छौँ ।’

सभामुखको सचिवालयका एक सदस्यले पनि प्रधानमन्त्री सदन आउने जानकारी आफूहरुलाई भएको बताए । चैत्र १३ गते प्रधानमन्त्री नियुक्ति भएका वालेन्द्र शाह अहिलेसम्म सदनमा उपस्थित भएर बोलेका छैनन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि केही समय सदन बसेर निस्किएका थिए ।

त्यसपछाडि प्रतिपक्षले बालेन्द्रको सदनमा निरन्तर खोजी गरेपनि उनी उपस्थित भएका थिएनन् । आजको सदनमा भने प्रधानमन्त्री उपस्थित हुने जानकारी गराइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : ०६ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले