काठमाडौं- वालेन्द्र शाह नेतृत्वको संघीय सरकारले आगामी आगामी वर्षमा एक हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार दिउँसो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हु्न्।
उनले उक्त अवधिमा २७५ पुल निर्माण गरिने बताएका छन् । उनले पूर्व-पश्चिम राजमार्ग विस्तार ५ वर्षभित्र सम्पन्न गरिने बताए । आगामी वर्ष पूर्वपश्चिम राजमार्ग ८० किलोमिटर विस्तार गरिने बताएका छन् । उनले उक्त विस्तार कार्यक्रमको लागि ३७ अर्ब ४६ करोड बिनियोजन गरिएको उनले बताए ।
उता काठमाडौं-मधेश द्रूत मार्गमा आागमी वर्ष ४० वटा पुल र ५.४० किलोमटिरट सुरूङ मार्ग निर्णमा गरिने उनले बताए । हाल नेपाली सेनाले निर्माण ठेक्का लिएको यो आयोजनाका लागि १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ ।
अर्कातिर हुलाकी राजरमार्ग निर्माण पनि तीन वर्षमा सकिने उनले बताएका छन । वाग्लेले घना वस्तीबाट उक्त सडक विस्तार तीव्र पारिने बताए । जसमा ८ वटा सडक पुल बनाउन ४ अर्ब ६५ करोड बजेट छुट्याएको उनले बताए।
उता कर्णाली राजमार्ग निर्माणका लागि १ अर्ब बजेट छुट्याएको उनले बताए। उक्त बजेट सुर्खेत-जुम्ला खण्ड स्तरोन्नतिमा खर्च गरिने बताए ।
अर्कातिर पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड बजेट छुट्याएको उनले बताएका छन् ।
मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्र पार्न १ अर्ब ४६ करोड बजेट छुट्याएको उनले बताए। त्यस बजेटबाट २५ किलोमिटर सडक पिच गरिने वाग्लेले बताए ।
अर्कातिर चीन जोड्ने गल्छी-स्याफ्रुबेसीलाई १ अर्ब ३७ करोड बजेट छुट्याएको पनि उनले बताए ।














प्रतिक्रिया