मनाङको नासोँ गाउँपालिकामा भारतीय सहयोगको अस्पताल भवन « Khabarhub

मनाङको नासोँ गाउँपालिकामा भारतीय सहयोगको अस्पताल भवन


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको आर्थिक सहयोगमा नासोँ गाउँपालिकामा अस्पताल भवन निर्माण हुने भएको छ।

मनाङ जिल्लाको नासोँ गाउँपालिका–५ मा निर्माण हुने अस्पताल भवनको बुधबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख राकेश पाण्डे र पालिकाका अध्यक्ष धनबहादुर गुरूङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार करिब ५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पताल भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिन लागिएको हो।

परियोजना नासोँ गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गुरुङसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारले नेपालमा गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका थिए।

उनीहरूले नयाँ अस्पताल भवन निर्माणपछि नासोँ गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच थप सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।

राजदूतावासले नेपाल र भारतबीच नजिकको छिमेकी सम्बन्ध तथा बहुक्षेत्रीय सहकार्य कायम रहेको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत् पूर्वाधार विकास, स्थानीय तहको सशक्तीकरण र नेपाल सरकारको विकास तथा समृद्धिको प्रयासमा सहयोग निरन्तर रहने जनाएको छ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ८ : २० बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी