सिद्धार्थ राजमार्ग : बुटवल–पोखरा खण्डलाई द्रुतमार्ग बनाइने « Khabarhub

सिद्धार्थ राजमार्ग : बुटवल–पोखरा खण्डलाई द्रुतमार्ग बनाइने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड द्रुतमार्ग का रुपमा निर्माण सुरु गर्ने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङमार्गको काम सम्पन्न हुने बताए ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको चारलेन सडक निर्माण शीघ्र रुपमा सम्पन्न हुने बजेटमा उल्लेख छ । मुग्लिङ–आँबुखैरेनी खण्डको निर्माण सुरु गर्ने अर्थमन्त्री डा वाग्लेले बताए ।

नागढुङ्गा–मुग्लिङ खण्डअन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति हुने र नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यी सडकखण्डको लागि रु छ अर्ब ५५ करोड विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ८ : ३३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७