जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो) « Khabarhub

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोको जुम्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

उक्त भिडियोको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेल र प्रहरी नायब उपरीक्षक डिएसपी चिरञ्जीवी दाहालले रिबन काटेर गरे ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी पौडेलले भिडियोले कर्णाली क्षेत्रको सामाजिक–आर्थिक अवस्था र त्यसले निम्त्याएको पारिवारिक बिछोडलाई जिवन्त रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।

सार्वजनिक भिडियोमा कर्णालीका पहाडी गाउँ, ग्रामीण जनजीवन र अभावबीच संघर्षरत परिवारको कथा देख्न सकिन्छ । आर्थिक समस्याका कारण गाउँमै भविष्य नदेखेपछि घर छाड्न बाध्य एक युवकको कथालाई मुख्य विषय बनाइएको छ ।

मुख्य भूमिकामा रहेका अर्जुन सुनारले परिवारको आर्थिक अवस्था सुधार्ने चाहनामा श्रीमती र सानो सन्तानलाई छाडेर बाहिरिनुपर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । राज्य लक्ष्मी नेपालीले उनकी श्रीमतीको भूमिका निभाएकी छन् ।

भिडियोमा श्रीमान्–श्रीमतीबीचको आत्मीय सम्बन्ध, बाध्यात्मक विछोड र प्रतीक्षाको पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ । कर्णाली नदी आसपासका दृश्य, सुनसान परिवेश र रित्तिँदै गएका घरआँगनमार्फत गाउँबाट हुने युवाको पलायनले परिवार र समाजमा पार्ने प्रभावलाई देखाउने प्रयास गरिएको छ ।

भिडियोमा कर्णाली क्षेत्रको मौलिक संस्कृति, पहिरन र भौगोलिक विशेषतालाई समेत समेटिएको छ । गीतको निर्देशन आयुष शाहीले गरेका हुन् । कथा राजेश विश्वकर्माको छ भने छायांकन प्रकाश विश्वले गरेका छन् । दुर्गा रावत निर्माता रहेको भिडियोको सम्पादन मदन नेपालीले गरेका हुन् ।

भिडियोले ग्रामीण नेपालको एउटा प्रतिनिधि कथा प्रस्तुत गर्ने संकेत दिएको भिडियोका सम्पादक मदन नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ३ : ५० बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया