पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि : आर्सनल टाइब्रेकरमा पराजित « Khabarhub

पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि : आर्सनल टाइब्रेकरमा पराजित


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । आर्सनलका तर्फबाट पेनाल्टी सुटआउटमा इबेरेची एजी र ग्याब्रिएल गोल गर्न चुकेपछि पीएसजीले फाइदा उठाएको हो ।

अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको आर्सनल फाइनलमा पराजित भएको यो दोस्रो पटक हो । यसअघि सन् २००६ को फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित भएको थियो ।

पीएसजी भने प्रतियोगिताकै इतिहासमा रियल म्याड्रिडपछि लगातार दुई वर्ष उपाधि जित्ने पहिलो टोली बनेको छ । पीएसजीका लुइस एनरिकले प्रशिक्षकका रूपमा तेस्रो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेका हुन् ।

निर्धारित समयको खेलमा आर्सनलले काइ हाभर्टेजको गोलबाट अग्रता लिएको थियो । तर, पीएसजीका ओसमन डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ६ : ३४ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम