बेलायत पढ्न गएका मेजर तिवारी नफर्केपछि कारवाही « Khabarhub

बेलायत पढ्न गएका मेजर तिवारी नफर्केपछि कारवाही


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले प्राविधिक सेनानी (क्याप्टेन) रामचन्द्र तिवारीलाई कारवाही गरेको छ ।

दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारवाहीमा परेका हुन् ।

समरी जनरल सैनिक अदालतले निज प्राविधिक सेनानी तिवारीलाई छ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसकेपछि संस्थालाई आरोप लगाउँदै सङ्गठनको स्वीकृति बेगर थापाथली इञ्जिनीयरीङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ ।

उक्त कलेजमा प्राध्यापकमा स्थायी नियुिक्त लिई भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको जनाइएको छ ।

सैनिक सेवाबाट आफूखुशी भगौडा भएका जो कोहीलाई कुनै पनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारवाही गरिने सेनाले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : २८ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा