सवारी दुर्घटनामा चालकको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा चालकको मृत्यु


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो ।

खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गएराति नै निकालिएको थियो । चालक बर्तौला चालक सिटमा नै मृत भेटिएको उनको भनाइ छ ।

ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उनले बताए ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ९ : ४० बजे

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी