सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन « Khabarhub

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ । 

प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको  अनुगमन टोलीले  व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्री वितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।

म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा सात हजारभन्दा बढी रसायन, करिब २५० हानिकारक र ७० भन्दा बढी क्यान्सरजन्य तत्त्व हुने जानकारी गराएका थिए । 

व्यवसायीहरूलाई अनिवार्य चेतावनीमूलक बोर्ड राख्न, १८ वर्षमुनिका तथा गर्भवतीलाई चुरोट सुर्ती बिक्री नगर्न र शिक्षण तथा स्वास्थ्य संस्थाबाट १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिइएको छ । 

साथै सार्वजनिक स्थलमा धूम्रपान निषेध कार्यान्वयन र अन्तःशुल्क भुक्तानीबारे पनि अनुगमन गरिएको थियो ।

संयुक्त अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय, तीन वटै सुरक्षा निकाय तथा पत्रकार महासङ्घ पदाधिकारी सहभागी थिए ।  
 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ११ : २५ बजे

एक घण्टा ढिला गरी बसेको राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित 

काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

बुनिया– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर– स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका

बजेटले अर्थतन्त्र चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गर्यो : सिबिफिन

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सरकारले आगामी

काठमाडौँमा सतही भेलको समस्या : के हो समाधान ?

तपाईं काठमाडौँमा बस्नुहुन्छ भने पछिल्ला दिनमा पानी पर्दा सडकमा कति