सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग « Khabarhub

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले संसद्मा पेस गरेको बजेटमा आफूहरूको सेवासुविधा बढाउनेबारे पुनः विचार गर्न माग गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गरी बजेटमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलबमान, स्थायित्व तथा सामाजिक सुरक्षाको विषयमा प्रष्टता आवश्यक रहेको जनाएको छ । 

परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिराम योगीद्वारा जारी विज्ञप्तिमा विद्यालय कर्मचारीका जायज माग सम्बोधन गराउन पटक–पटक शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, विभिन्न राजनीतिक दलका नेतृत्व, सम्बन्धित मन्त्री तथा सरकारका उच्च पदाधिकारीसँग भेटघाट, छलफल तथा ध्यानाकर्षण गराउँदै आए पनि माग सम्बोधन नभएको जनाइएको छ ।

बजेटमाथिको छलफल तथा पारित हुने प्रक्रियामा विद्यालय कर्मचारीको तलबमान, स्थायित्व, सामाजिक सुरक्षा तथा सेवा सुविधासम्बन्धी मागहरू स्पष्ट रूपमा सम्बोधन गर्न परिषद्ले आग्रह गरेको छ ।

हाल देशभरका २७ हजार १० विद्यालयमा गरी ३० हजार ३४६ विद्यालय कर्मचारी छन् । तीमध्ये सात हजार ६२३ विद्यालय सहायक र २२ हजार ७२३ विद्यालय सहयोगी कार्यरत रहेका परिषद्ले जनाएको छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १२ : ५२ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका