प्रधानमन्त्री संसद्‍मा बोल्न तयार, तर विपक्षी दलहरूको नियमापत्ति « Khabarhub

प्रधानमन्त्री संसद्‍मा बोल्न तयार, तर विपक्षी दलहरूको नियमापत्ति


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद् बैठकमा बोल्न तयार भएका छन् । उनी बोल्न रोस्ट्रममा उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई दुई मिनेट समय दिएर प्रश्न सोध्न भनेका छन् ।

अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट समय दिएका छन् । ती दलका सबै सांसदलाई बोल्न दिइएको छैन ।

बैठकको सुरुमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि विवाद निरुपण नभएको हो।

प्रधानमन्त्री शाह पहिलो पटक रोस्ट्रममा उक्लिएर आफूलाई प्रश्न सोध्न आग्रह गरेका थिए । उनलाई प्रश्न सोध्ने दुई मिनेट समय सभामुखले दिएपछि प्रतिपक्षी दलहरूले नियमापत्ति गरे ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावली ७९ को ५६ (१) को उल्लंघन भएको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री शाहलाई लिखित प्रश्न सोध्न पाउनुपर्ने अडान उनले राखे । उता एमालेका सचेतक ऐन महरले यसमा नियमापत्ति जनाए । कांग्रेसका अर्जुननरसिंह केसीले प्रधानमन्त्री बोल्न तयार हुनु सकारात्मक भएको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १ : ४२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली