प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति, नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग « Khabarhub

प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति, नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी दलका सांसदहरूले आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएको विषयमा प्रश्न उठाएका छन् । 

संसद्को नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका हुन् । 

प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक विषय भए पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको सम्बोधनपछि विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सत्तापक्ष दलका सांसदहरू समेत आक्रोशित भएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले केही सांसदहरूको नामै लिएर मर्यादामा बस्ने पटक पटक निर्देशन दिएका थिए  ।

 उनले विपक्षी सांसदहरूको गतिविधिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए । 

त्यस्तै बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने जवाफ तथ्यहीन भएको भन्दै जवाफ माग गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  २ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली