सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले « Khabarhub

सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको पुँजीगत लाभकर अन्तिम कर हुने सम्बन्धी विषय अन्तिम नै भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले व्यवस्था गरिएको विषयमा भ्रम छर्न खोजिएको भन्दै सम्बन्धित पक्षको आग्रहमा नै सो व्यवस्था गरिएको बताएका हुन् ।

‘फाइनल भन्यो वाग्लेले होइन रहेछ क्या हो भनेर लेख देखे २/४ वटा फाइनल नै हो हजुर फाइनल हो । फाइनल गर्दिनुस् ५ प्रतिशत हामी अतिरिक्त विन्दु तिर्न तयार छौँ भनेर लाइन लागेर मकहाँ डेलिगेसन आउने साथीहरू यहीँ सिंहदरबार बाहिर हुनुहुन्छ, फाइनल चाहिँ गर्दिनुस्, यो तरबार सधैँ हामीमाथि झुण्डिराखोस बरु इन्डियामा १० र २० छ सर्ट टर्म र लङ टर्मको, हामीकहाँ ५ लाई १० नै पुर्याइदिए पनि हुन्छ ७.५ लाई १२–१५ नै पुर्याइदिए पनि हुन्छ, यो अनिश्चितता भयको बादल हटाइदिनुस् भनेपछि हामीले बडो उदारतापूर्वक ५ लाई जम्मा साढे ७ र साढे ७ लाई जम्मा १० प्रतिशत गरेर फाइनल सिल डन’, उनले भने ।

उनले स्पष्ट रूपमा काम गर्दा पनि भ्रम छरिएको बताए । साथै, उनले धेरै फर्म कम्पनी भएको अवस्थामा सेयर बजारबाट आएको आम्दानी खुलाउन सकिने पनि बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ४ : ३३ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक