जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै « Khabarhub

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जिल्लाको हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा छ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण हुने भएको छ ।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको छ करोड ३४ लाख रुपैयाँको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले मन्त्रालयको विनियोजित बजेटअन्तर्गत र रही कार्यालयले बोलपत्र आह्वान गरेको जनाउँदै छ करोड ३४ लाख रुपैयाँमा बन्ने उक्त पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माणका लागि सम्झौता भएको बताए ।

यसअघि हिमा नदीमाथि पुल नहुदाँ गाउँसम्म पुग्न तथा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो । 

प्रदेशको सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चत गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईंले बताए ।

उनका अनुसार उक्त पुल निर्माण भएपछि बड्की, जोगिबाँडा, च्यामा र मोफ्ला गाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । 

यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र आवतजावत गर्न सुविधा पुग्ने हिमा-३ का वडाध्यक्ष धनवीर रोकायाले बताए ।

उनका अनुसार पुल ४० मिटर लामो हुनेछ । पुल आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ५ : ०३ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने