काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणाममुखी संवादको अपेक्षा गरेको जनाएको छ।
भाजपाले आइतबार जारी गरेको विज्ञप्तिमा दुई दलबीचको यो भेटवार्ताले आपसी समझदारी, सहकार्य र सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। विशेषगरी क्षेत्रीय तथा अन्तरपार्टी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा यस भ्रमणलाई हेरिएको छ।
रास्वपा सभापति रवि लामिछाने भाजपाका नेता नीतिन नवीनको निमन्त्रणमा जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा लगायत सहभागी रहनेछन्।
भ्रमणका क्रममा दुई पक्षबीच राजनीतिक अनुभव आदानप्रदान, लोकतान्त्रिक अभ्यास, विकासका मुद्दा तथा समसामयिक क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, यसले नेपाल र भारतका राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरिएको छ।













प्रतिक्रिया