एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा « Khabarhub

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ ।

प्रतिनिधिसभा नियमावली पारित गरेपछि बसेको दोस्रो बैठकमा विपक्षीहरूले प्रधानमन्त्री शाह र सभामुखविरुद्ध एमाले सांसदले नाराबाजी गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीलाई देशद्रोही भनेका छन् । यस्तै, सभामुख डीपी अर्याललाई दलीय पक्षधरता लिएको आरोप लगाएका हुन् ।

संसद्मा आइतबार प्रधानमन्त्री बालेनले सीमा सम्बन्धी प्रश्नोत्तरमा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए ।

त्यसको विरोधमा एमालेले उनलाई राष्ट्रद्रोही भनेको हो । यस्तै, विपक्षीहरूको अवरोधकाबीच प्रतिनिधिसभा नियमावली पारित गरेपछि दलीय पक्षधरता लिएको आरोप लगाएको हो ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १० : २७ बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद