काठमाडौँको टुँडिखेललाई हरियाली बनाउन दुबो रोपिँदै (तस्बिर) « Khabarhub

काठमाडौँको टुँडिखेललाई हरियाली बनाउन दुबो रोपिँदै (तस्बिर)


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत दुबो रोप्ने काम सुरु गरिएको छ।

काठमाडौँ महानगरपालिका, नेपाली सेना तथा सम्बन्धित निकायहरूको समन्वयमा टुँडिखेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको हो। वर्षौंदेखि धूलो उड्ने, घाँसविहीन र केही स्थानमा उजाड देखिने टुँडिखेललाई हराभरा बनाउने अभियानअन्तर्गत दुबो रोप्ने कार्य अघि बढाइएको जनाइएको छ ।

कार्यक्रमअन्तर्गत टुँडिखेलको विभिन्न भागमा हरियो दुबो विस्तार गरिनेछ । यसले टुँडिखेलको सौन्दर्य बढाउनुका साथै धूलो नियन्त्रण, वातावरणीय सन्तुलन कायम गर्न तथा सर्वसाधारणलाई स्वच्छ र रमणीय खुला स्थान उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित निकायका अनुसार दुबो रोपिसकेपछि नियमित सिँचाइ, संरक्षण र व्यवस्थापनको काम पनि गरिनेछ। वर्षायाम सुरु हुन लागेकाले अहिलेको समय दुबो रोप्न उपयुक्त भएकाले कामलाई तीव्रता दिइएको बताइएको छ।

टुँडिखेल काठमाडौँ उपत्यकाको प्रमुख खुला क्षेत्रका रूपमा परिचित छ। यहाँ राष्ट्रिय समारोह, सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक घुमफिर हुने गरेको छ। पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण र खुला क्षेत्रको उपयोगितालाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

हरियाली कार्यक्रमअन्तर्गत सुरु गरिएको दुबो रोपण अभियानले टुँडिखेललाई थप आकर्षक, वातावरणमैत्री र नागरिकमैत्री खुला क्षेत्रका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ११ : १२ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा