टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु « Khabarhub

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ– यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिए ।

सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएका छन् । आज बिहान ६ः०० बजे तुलसीपुरको गुल्म चोकमा रा१ख२१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । 

प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिप्पर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  १ : ३२ बजे

मधेसको वन संरक्षणलाई प्राथमिकता दिँदै योजना तर्जुमा गर्नुपर्नेमा जोड

महेन्द्रनगर– मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले वन

सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर

आगामी वर्ष दश प्रसारण लाइन निर्माण सम्पन्न गरिने

काठमाडौं– आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

काठमाडौं- नेपालले भारतीय भूमि मिचेको भनेर गम्भीर अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री

इरान-अमेरिका तनाव फेरि चर्कियो

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र बन्दै