भालुको आक्रमणबाट आठ भेडा मरे « Khabarhub

भालुको आक्रमणबाट आठ भेडा मरे


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए ।

स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो । रातिको समयमा गोठमा रोखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीको जानकारी आएको सूचना अधिकारी खनालको भनाइ छ ।

यस्तै पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिभेडाको न्यूनतम मूल्य १८ हजार पर्ने भएकाले आठ वटा भेडा मर्दा करिब दुई लाखको नोक्सानी भएको भेडापालक किसान अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ९ : १७ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन