ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’ « Khabarhub

ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरेर हपारेका छन् ।

सोमबार भएको फोन वार्ताका क्रममा लेबनानमा इजराइली सैन्य कारबाहीप्रति ट्रम्पले कडा रोष व्यक्त गरेका हुन्।

एक्सियोसको रिपोर्ट अनुसार, ट्रम्पले नेतन्याहूलाई सोझै हकार्दै भने, ‘के तिमी पागल भइसक्यौ… तिमी के गर्दैछौ?’

रिपोर्ट अनुसार यो कुराकानी त्यतिबेला भएको थियो, जब इरानले यदि लेबनानमा सैन्य कारबाही जारी रहेमा अमेरिकासँग भइरहेको कूटनीतिक वार्ता रोक्न सक्ने चेतावनी दिएको थियो। त्यसपछि ट्रम्पले उक्त मामिलामा प्रत्यक्ष हस्तक्षेप गरेका थिए।

एक अमेरिकी अधिकारीले एक्सियोसलाई बताए अनुसार ट्रम्प इजरायलको कारबाहीलाई अत्यधिक आक्रामक ठानिरहेका छन्। उनलाई हिजबुल्लाह कमान्डरलाई लक्ष्य बनाउने नाममा पूरै भवनहरू ध्वस्त पारिँदै गरेको कुरामा आपत्ति थियो ।

ट्रम्पले नेतन्याहूलाई यी गतिविधिका कारण विश्वमा इजरायलप्रति आक्रोश बढिरहेको बताएका थिए । ट्रम्पले भने, ‘अहिले सबैलाई तिमीबाट घृणा लाग्छ। यसले गर्दा सबैलाई इजरायलप्रति घृणा लाग्छ।’

यद्यपि कुराकानीपछि नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायलको नीतिमा कुनै परिवर्तन नभएको बताएको छ। रिपोर्ट अनुसार कुराकानीको अन्त्यमा नेतन्याहूले भने, ‘ठीक छ, ठीक छ, केवल यो सुनिश्चित गर्नुहोस् कि सबै कुरा व्यवस्थापन भयो।’

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १ : ०० बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि