जापानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते « Khabarhub

जापानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरूलाई उपचारका लागि  अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान लगभग ६ः३० मा, फुकुसिमा शहरको एक निर्माण कम्पनीका दुई पुरुष कर्मचारीलाई एउटा भालुले आक्रमण गरेको स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

आक्रमण पछि भालु छिमेकी आवासीय क्षेत्रमा भागेर एउटा पसी घरमा ८० वर्षकी एउटी महिलालाई र अर्को कार्यालय भवनमा पसी ६० वर्षका पुरुष कर्मचारीलाई आक्रमण गरेको जनाइएको छ । 

प्रहरीले गत हप्ता देखि फुकुसिमा शहरको  वरपर भालु देखिएको बताएको छ । भालु अझै पनि त्यस क्षेत्रमा रहेको बताउँदै प्रहरी अधिकारीहरूले जनावरलाई गोली हान्ने अनुमति दिन र आपतकाल घोषणा गर्ने बारे विचार गरिरहेको जनाएका छन् । 

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली